‘छक्का पञ्जा २’मा आयुष्मान पनि



काठमाण्डौ। चलचित्र ‘चपली हाइट २’बाट उत्कृष्ट नव-नायकको अवार्ड उचालेका आयुष्मान देशराज जोशीले चलचित्र ‘छक्का पन्जा २’ मा पनि काम गरेका छन् ।

यसबारेमा चलचित्रकी निर्देशक दीपाश्री निरौलाले आयुष्मानले पनि ‘छक्का पन्जा २’मा काम गरेको स्पष्ट पारेकी छिन् । निरौलाका अनुसार चलचित्रमा आयुष्मानको गेष्ट रोल छ । हालै मात्र आफ्नो प्रेम स्विकारेका आयुष्मान-प्रियंका अहिले मीडियाका पहिलो रोजाई बनेका छन् ।

निर्देशक निरौलाले आयुष्मान मात्र नभएर ‘छक्का पन्जा २’ मा धेरै कलाकारहरुको गेष्ट रोल रहेको बताएकी छिन् । चलचित्र ‘कथा कठमाण्डू’मा पहिलो पटक एकसाथ काम गरेपछि आयुष्मान र प्रियंकाको जोडीलाई पर्दामा भने दर्शकहरुले ‘छक्का पन्जा २’ मा पहिलो पटक देख्न पाउनेछन् ।

चलचित्रमा स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, दीपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ । चलचित्र यसै बर्षको असोज ११ गते रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu