भाद्र ८ ताक्दै ‘तिमीसँग’को टीजर रिलिज



काठमाण्डौ। अनमोल केसी स्टारर फिल्म ‘कृ’ले छाडेको भाद्र ८ गते साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिमीसँग’ रिलिज हुने भएको छ । हालैमा निर्माणपक्षले फिल्मको टीजर सार्वजनिक गर्दै भाद्र ८ गतेलाई रिलिज फाइनल गरेको हो । यो मितिमा यसअघि नै निशा अधिकारीले निर्माण गरेको सौगात मल्ल र वेनिशा हमाल अभिनित फिल्म ‘झ्यानाकुटी’ रिलिज हुने फाइनल भैसकेको छ ।

संवाद समाबेश नगरिएको ‘तिमीसँग’को सार्वजनिक टीजरले नायिका साम्राज्ञी, नायक द्धय आकाश श्रेष्ठ र नाजिर हुसेनको प्रेमभाव बोल्छ । टीजर हेर्दा सजिलै के अनुमान लगाउन सकिन्छ भने फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

फिल्मलाई शिशिर रानाले निर्माण र निर्देशन गरेका हुन् । फिल्मको कथा पनि शिशिरकै हो । फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ ।

टीजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu