‘देश खोज्दै जाँदा’ रिलिज डेट कन्फर्म



काठमाण्डौ। भूटानी शरणार्थीको कथामा बनेको नेपाली फिल्म ‘देश खोज्दै जाँदा’को रिलीट डेट कन्फर्म भएको छ । लाइन क्रस मुभिजको व्यानरमा निर्माण भएको यो फिल्म भदौ ९ मा रिलिज हुनेछ ।

प्रकाश आङदेम्बेले डेब्यु निर्देशन गरेको चलचित्रको यसअघि नै ट्रेलर र ‘छातिमा लागेको’ बोलको एक गीत पनि सार्वजनिक भईसकेको छ । हालै फिल्मले दुई पोस्टर पनि सार्वजनिक गरेको छ । जहाँ भुटानी शरणार्थी जीवनका केहि दृश्यहरु महसुस गर्न सकिन्छ ।

फिल्मले भुटानी शरणार्थीको कथा बोल्ने बताईएको छ । ‘देश खोज्दै जाँदा’मा दुई दशक भन्दा बढी नेपालमा शरणार्थीको जीवन विताउन बाध्य भुटानी नागरिकहरुको मौलिक, रहस्यात्मक तथा पारिवारिक जीवनका आन्तरिक तथा वाह्य द्वन्दलाई मार्मिक र संवेदनशीलताका साथ उजागर गरिएको बताईएको छ ।

फिल्ममा हेमन्त बुढाथोकी, बाबु बोगटी, मीना कोइराला, अरुणा कार्की, सरिता वली, तिव्वत राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवाष थापा र प्रताब सुब्बाको अभिनय छ । यो सिनेमामा उपेन्द्र सुब्बाको पटकथा, आभासको संगीत, संजय लामाको छायांकन र मनोरंजन श्रेष्ठको सम्पादन छ । सिनेमालाई बिरेन्द्र क्षेत्रीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu