बिरगञ्जको चर्को घाममा प्रियंका र सौगातको दु:ख



नायिका प्रियंका कार्की र नायक सौगात मल्ल अहिले विरगञ्जमा फिल्म ‘फाटेको जुत्ता’ को छायांकनमा व्यस्त छन् । विरगञ्जको चर्को घामका बिच पनि प्रियंका र सौगातले फिल्मका लागि निकै दुःख गरिरहेका छन् ।

‘चपली हाईट’ निर्माता अर्जुन कुमारको निर्माण र निकेश खड्काको निर्देशन रहेको फिल्मको गएको आइतवार ७ सय क्राउड भेला गरेर एतिहासिक दृश्य कैद गरिएको छ । फिल्म भित्र समाबेश ‘गाउँमा रामलिलाको नाटक’ का लागि निर्माता अर्जुन कुमारले ७ सय क्राउड भेला गरेका हुन् ।

निर्माता अर्जुन कुमारले भने, ‘विरगञ्जमा ७ सय क्राउड भेला गर्न सजिलो थिएन । तरपनि हामी संभव भयौं । विरगञ्जको ४० डीग्री तापक्रममा अहिले कलाकारहरुले काम गरिरहनु भएको छ । राम्रो फिल्म बन्नेमा हामी पूर्ण विश्वस्त छौं ।’ उनका अनुसार, फिल्मको ५५ प्रतिशत छायांकन सम्पन्न भैसकेको छ । यो फिल्म कात्तिक १७ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu