शान्तिप्रियको ‘अधर’ बजारमा



काठमाण्डौ। रङ पत्रकारितासँगै साहित्यमा पनि परिचित नाम शान्तिप्रियले आफ्नो पहिलो एल्बम अधर बजारमा ल्याएका छन् । आफ्नो जन्मोत्सवको अवसर परेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनले एल्बम बिमोचन गरिएको हो । साहित्यमा लागेको झन्डै दुइ दशक बितिसक्दा बल्ल उनले एल्बम नै ल्याएका हुन् ।

चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा प्रमुख अतिथि हुनुहुन्थ्यो भने वरिष्ठ कलाकार बसुन्धरा भुषाल, निर्देशक मोहन निरौला, साहित्यकार डाक्टर नवराज लम्साल विशिष्ट अतिथि रहनु भएको थियो । साहित्यकार डा. लम्सालले एल्बम भित्र समावेश गीतको समिक्षा समेत गर्नु भएको थियो । कार्यक्रममा अधर एल्बमभित्र समावेश स्रष्टाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने केक काटेर जन्मदिनको अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो । यस एल्बमभित्र ५ वटा गीतहरु समावेश गरिएको छ ।

जसमा म त माया गर्ने मान्छे, म त नफापेको मान्छे, मलाई जस्तो, उनको मेरो दूरी चल्यो, याद तिम्रो धेरै आइरहृयो जस्ता गीत समावेश रहेको छ । जसमा सन्तोष श्रेष्ठ, दिपक शर्मा र अर्जुन पोखरेलको संगीत रहेको छ भने प्रमोद खरेल, अन्जना गुरुङ, निखिता थापा, राज सिग्देल र युवराज चौलागाईंले स्वर दिएका छन् ।

कार्यक्रममा निर्मित तीन गीतको म्यूजिक भिडियो पनि देखाइएको थियो । जसमा सवनम मुखियाद्वारा निर्देशित म त नफापेको मान्छे, सुव्रत आचार्यद्वारा निर्देशित मलाई जस्तो र निर्मल शर्माद्वारा निर्देशित म त माया गर्ने मान्छेको म्यूजिक भिडियो देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu