चलचित्र ‘पर्व’ले तीन दिनमा गर्‍यो सुखद व्यापार, कमायो कति ?



काठमाण्डौ। शुक्रबारबाट रिलिज भएको सस्पेन्स थ्रिलर नेपाली चलचित्र ‘पर्व’ले ३ दिनमा एक करोड माथीको ग्रस व्यापार गरेको बताईएको छ । चलचित्रका निर्माता सुवास गिरीले दिएको जानकारी अनुसार बलियो वर्ड अफ माउथका कारण चलचित्रले सोमबार बिहानैदेखि सुखद व्यापार गरिरहेको छ ।

सोमबार परेको सार्वजनिक बिदाका कारण चलचित्रलाई फाइदा मिलेको निर्माता सुवास गिरीले जानकारी दिए । निर्माता गिरीले भने-‘शुक्रबार देशभरबाट चलचित्रले ३० लाखको कमाई गरेको थियो । शनिबार व्यापार ७० लाखको भएको छ । आइतबार देशभरबाट १४ लाखको मात्र व्यापार भयो ।’

उनले ३ दिनमा चलचित्रले १ करोड ग्रसको व्यापार गरेको जानकारी दिदै एक सातामा लगानी सुरक्षित हुने जानकारी दिए । दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको अभिनय छ ।

निर्देशक दिनेश राउतले भने-‘वर्ड अफ माउथका कारण सोमबार पनि चलचित्रको व्यापार सुखद छ । दर्शकले चलचित्रलाइ मन पराइदिनुभएको छ । एउटा निर्देशकको नाताले मलाई खुशी लागेको छ ।’

शुक्रबार काठमाण्डौको क्यूएफएक्सले ७ वटा शो दिएकोमा सोमबार बढाएर ९ पुर्‍याएको छ । यस्तै, के एल टावरमा पनि एउटा शो थपिएको छ भने वीएसआर हलमा भने एउटा शो थप गरिएको छ । काठमाण्डौ बाहिर ७ वटा हल थपिएको निर्माणपक्षले जानकारी दिएको छ । सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएको यो चलचित्रलाई सस्पेन्स थि्रलर शैलीमा निर्देशकले प्रस्तुत गरेका छन् ।

चलचित्रमा राजेश श्रेष्ठको छायांकन, चन्द्र पन्तको एक्सन, बनिष शाहको सम्पादन, कोशिश क्षेत्रीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu