निर्देशकसँग रिसाउँदै शुटिङ्ग छोडेर हिँडे ‘जालो’का कलाकारहरु (भिडियो)
काठमाण्डौ। विश्व कीर्तिमान राख्ने दौडमा रहेको नेपाली चलचित्र ‘जालो’ यही जेष्ठ १९ गतेबाट रिलीज हुँदैछ । विश्वकै सर्वाधिक लामो समयको ‘वन सट’ चलचित्रको रेकर्ड यो चलचित्रले राख्दैछ ।
वन सट भन्नाले सुटिङ सुरु हुँदा अन भएको क्यामरा सुटिङ सकिएपछि मात्र अफ हुन्छ । अरुमाजस्तो एक्सन/कट भन्ने हुँदैन । केही हप्ता अगाडि सार्वजनिक भएको फिल्मको ट्रेलरले नै दर्शकहरुमा कसरी वान सटमा नै ‘जालो’ खिच्न संभव भयो ? भन्ने खाल्का प्रश्नहरु पनि उठिरहेका छन् ।
अराजकेशव गिरीको कथा, पटकथा र निर्देशनमा तयार फिल्ममा अनुपविक्रम शाही, मेनुका प्रधान, रेमनदास श्रेष्ठ, निराजन प्रधान, मुना गौचन, नीर शाह, लक्ष्मी गिरी, भीष्म जोशी, प्रकाश श्रेष्ठ, मुक्तराम आचार्य, लक्ष्मी बर्देवालगायतले अभिनय गरेका छन्।
रिलिज डेट नजिकिँदै जाँदा अहिले फिल्मका निर्माता, निर्देशकदेखि कलाकारहरु प्रचार-प्रसारमा दिलोज्यान दिएर हिँडिरहेका छन् । यसैबिच फिल्मका तीन मुख्य कलाकार रेमनदास क्षेष्ठ, निराजन प्रधान र मुना गौचनले ठुलोपर्दा डटकमसँगको एक भेटको क्रममा ‘जालो’ गर्दाको दुःख सम्झिएका छन् ।
हेर्नुहोस् भिडियो: