कथावस्तु र मेनुका-ए गुरुङ् ‘हिटलर’का हतियार



काठमाण्डौ। अहिलेको अवस्थामालाई मध्यनजर गर्ने हो भने नेपाली चलचित्रमा स्टार भन्दा पनि कथावस्तु हाबी भएको देखिन्छ । अधिकांश चलचित्र कथावस्तुकै कारण चलेका छन् ।

जेठ १२ गतेबाट चलचित्र ‘हिटलर’ प्रदर्शनमा आउँदैछ । सौरभ ढकाल निर्देशित यो चलचित्रमा सोहित मानन्धर र नव-नायिका सामिया बर्तौलाको मुख्य भूमिका छ । यो चलचित्रमा अहिले दर्शकले रुचाएका २ कलाकार मेनुका प्रधान र ए गुरुङ पनि छन् ।

निर्देशक सौरभ ढकाल आफूले निर्देशन गरेको चलचित्र ‘हिटलर’ पनि कथावस्तुका कारण चल्नेमा ढुक्क छन् । उनले भने-‘यसपटक नामकै कारण पनि दर्शकलाई चलचित्रप्रति उत्सुकता छ । साथमा, चलचित्रको कथावस्तुले दर्शकलाई पुरा समय होल्ड गर्छ ।’

ढकाल भन्छन्-‘ए गुरुङको कमेडी पाटोले दर्शकलाई मनोरञ्जन दिनेछ । मेनुकाको भूमिका दर्शकका लागि सरप्राइज हुनेछ ।’ उनले सोहित र सामियासँगै चलचित्रमा मेनुका र ए गुरुङ हुँदा चलचित्रकिो व्यापारमा समेत फाइदा पुग्ने बताए ।

अष्टनारायण पिक्चर्सको निर्माणमा तयार भएको यो चलचित्र कमेडी र प्रेम कथामा बनेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu