‘धुर्मुस सुन्तली फाउण्डेशन’लाई जापानबाट २८ लाख सहयोग, चौथो परियोजना निर्माणको घोषणा



जापानमा भएको ‘धुर्मुस-सुन्तली साँझ’ र च्यारिटी डिनर कार्यक्रम सहित जापानबाट धुर्मुस सुन्तली फाउण्डेशनलाई लागि २८ लाख ६० हजार ८ सय ८६ नेपाली रुपैयाँ संकलन भएको छ । सो रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण भएको छ ।

कार्यक्रमको आयोजक संस्था सनराईज कर्पोरेशनका अध्यक्ष रविन्द्र श्रेष्ठले कार्यक्रममा उपस्थित दर्शकहरुबाट उठेको १४ लाख ३० हजार २ येन बराबरको रकम सिटी एक्सप्रेसको तर्फबाट अध्यक्ष महेश श्रेष्ठले कार्यक्रम हलमै दोब्बर गर्ने घोषणा गरेका थिए । हलमा दर्शक र सिटी एक्सप्रेसको गरी २८ लाख ६० हजार ४ येन संकलन भएको हो । कार्यक्रममा करिव सयको हाराहारीमा स्वयंसेवक परिचालन गरिएको थियो भने अभिनन्दनका लागि सयौं नेपाली झण्डा वितरण समेत गरिएको आयोजक संस्थाका प्रवन्ध निर्देशक हरी सापकोटाले जानकारी दिए ।

एक साता लामो जापान टुरमा निस्केका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल’धुर्मुस’ र कुञ्जना घिमिरे’सुन्तली’ ले गरेका सामाजिक कार्यका लागि सहयोग गर्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । आयोजकले एउटै स्टेजमा दुईवटा कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमबाटै धुर्मुस सुन्तलीले हिमाल, पहाड र तराई जोड्ने एकीकृत नमुना वस्ती निर्माणको अभियानलाई तिब्रता दिने बताए । धुर्मुस सुन्तली फाउण्डेशनले ३ वटा बस्ती सफलता पुर्वक सम्पन्न गरिसकेको छ । भुकम्प गएको केही समय देखीनै लगातार सामाजिक कार्यका सक्रिय हुदै आएका यि जोडिले काभ्रेको डाँडा गाउँमा पहरी बस्ती, सिन्धुपाल्चोकको गिरान्चौरमा गिरान्चौर एकिकृत नमुना बस्ती र महोत्तरीको बर्दिवास २ मा एकिकृत नमुना मुसहर बस्ती निर्माण गरिसकेको छ ।

सितारामले आफूहरुको चौथो प्रयासको थालनी जापानबाट गरिएको जानकारी गराए । कार्यक्रममा सहयोगको लागि आग्रह गदै उनले बस्तीको खाका समेत प्रस्तुत गरे । धुर्मुसले बस्तीमा पुरै नेपाल देखिने भन्दै एउटा पर्यटकिय स्थल बनाउने सपना देखेको धारणा ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu