क्षेत्रीलाई अमेरिका संकलित ९ लाख ७० हजार हस्तान्तरण



काठमाण्डौ। भोकल कडको क्यान्सरबाट पीडित कलाकार दीपक क्षेत्रीलाई अमेरिकाबाट जम्मा गरिएको ९ लाख ७० हजार हस्तान्तरण गरिएको छ । शुक्रवार क्षेत्रीकै निवासमा अभिनेत्री करिश्मा मानन्धरले ४ लाख ७० हजार रकम हस्तान्तरण गरिन् भने यसअघि नै दीपक क्षेत्रीलाई अभिनेत्री पूजा चन्दको हातबाट पाँच लाख रुपैयाँ हस्तान्तरण भईसकेको थियो ।

अमेरिकामा रहेका नेपाली कलाकर्मीहरुद्वारा सन्चालित ‘कलाकार दिपक क्षेत्री उपचार सहयोग अभियान’ का संयोजक सुरेश दर्पण पोखरेलले एक विज्ञप्ती जारी गर्दै कलाकार दीपक क्षेत्रीको उपचारका लागि सहयोग गर्ने सम्पूर्ण अमेरिकाबासी नेपालीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

ठुलोपर्दा डटकम लगायतका सञ्चारमाध्यममा बिरामी कलाकार दीपक क्षेत्रीको अन्तरवार्ता प्रकाशन-प्रशारण भएपछि संसारभरका नेपालीहरुबाट सहयोग आईरहेका छन् । काठमाडौंको हिमाल अस्पताल नक्सालका बरिष्ट डाक्टर बिमल सिन्हाको टोलीले दुई हप्ता अगाडि कलाकार क्षेत्रीको घाँटीको शल्यक्रिया गरेको थियो, जसमा उनको घाँटीमा क्यान्सर भएको पुष्टि भएको थियो ।

‘भोकल कर्ड’ मा क्यान्सर भएपछि क्षेत्रीले स्वर गुमाउँदै गएका थिए । उपचारमा संलग्न चिकित्सकले क्षेत्रीलाई पहिलो चरणको क्यान्सर भएको बताएका छन् । झण्डै चार बर्षदेखी क्षेत्रीको घाँटीमा समस्या आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu