प्रमिलालाई आफ्नो बनाउन चाहन्छन् दिक्पाल (भिडियो)



काठमाण्डौ। गायिका प्रमिला तामाङको स्वरमा रहेको “लाहुरेकी छोरी” को बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । टिका भक्त जिरेलको शब्द रहेको गीतमा नारायण लामाको संगीत सुन्न सकिन्छ । गीतमा गायिका प्रमिला आफैले मोडलिङ गरेकी छिन् भने उनलाई नायक तथा मोडल दिक्पाल कार्कीले साथ दिएका छन् ।

भिडियोमा दिक्पाल प्रमिलालाई आफ्नो बनाउने दाऊमा हुन्छन् तर प्रमिलले उनलाई वास्तै गर्दिनन् । क्रान्ति केसीको निर्देशनमा तयार भएको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । युट्युबमा रिलिज गरिएको भएको छोटो समयमा नै “लाहुरेकी छोरी” लाई हेर्नेको संख्या साढे ४ लाख पुगिसकेको छ ।

युट्युबमा “लाहुरेकी छोरी” लाई दर्शक, स्रोताहरुले अत्याधिक मनपराएपछि गायिका प्रमिला चाँडै अर्को गीत पनि बजारमा ल्याउने तयारीमा छिन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu