पीडाको छटपटीमा शान्तिप्रिय (भिडियो)



काठमाण्डौ। गीतकार शान्तिप्रियले ल्याउन लागेको एल्बमका लागी तयार पारीएको तेश्रो गीत ‘मलाई जस्तो छटपटी उनलाई हुन्छ हुन्न होला….’ को भिडियो सार्वजनिक गरिएको छ । गायिका निखीता थापाको स्वरमारहेको यस गीतका संगीतकार दीपक शर्मा हुन् ।

गीतको भिडियोलाई पत्रकार तथा निर्देशक सुब्रत आचार्यले निर्देशन गरेका छन् । जया शर्माले निर्देशक सहायक भएर काम गरेकी छिन् । गीतमा नयाँ मोडल राज विक्रम थापा र अभिनेत्री खुश्बु खड्काले अभिनय गरेका छन् । बुढानिलकण्ठ वरपर एवं ग्रीन भ्याली रीसोर्ट डाँडागाउँमा यो गीतको आकर्षक छायांकन गरिएको छ । गीतका छायांकार सुदिप बराल हुन् । गीतलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

गीतकार शान्तिप्रियले प्रेमपिडामा गुज्रेका अथवा विछोड हुन गुगेका जोडीमा समर्पित भावमय गीत भएको बताए । जेठमा प्रकाशित हुने एल्वमका लागी यो गीत तयार पारीएको पनि उनले बताए । शान्तिप्रिय पछिल्लो चरणमा गीत लेखनमा सक्रिय छन् । उनको छक्कापञ्जाको देखन चम्पा गीत यस वर्षको निकै चर्चित भएको पनि थियो ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu