‘लभ लभ लभ’ फास्टफुड प्रेम होइन: खनाल



ठुलोपर्दा डटकम, काठमाण्डौ। २०७४ बैशाख १ मा रिलिज हुने नेपाली चलचित्र ‘लभ लभ लभ’ ‘फास्टफुड’ शैलीको प्रेमकथामा नरहेको निर्देशक दिपेन्द्र के खनालले बताएका छन् ।

उच्च मेकिङ् र प्रेमकथा बोल्ने फिल्मको भिडमा बेग्लै स्वादको दाबी रहेको यो चलचित्रको बारेमा बोल्दै खनालले पछिल्लो समय मौलाउँदो फास्टफुड लभ भन्दा माथीको कथामा चलचित्र बनेको बताएका छन् । ‘लभ स्टोरी भन्दैमा यो जनराका आम फिल्मकै लाईनमा ‘लभ लभ लभ’लाई म लिन्न, ‘मेरो फिल्मले पछिल्लो समय मौलाउँदो फास्टफुड लभ भन्दा माथीको कथा बोल्छ’, खनालले बताए ।

अमृत पाण्डेको प्रस्तुती अनि शर्मिला पाण्डेको निर्माणमा बनेको ‘लभ लभ लभ’ले टिकट काटेर हलमा पुग्ने दर्शकहरुलाई न्याय गर्ने दाबी निर्माण पक्षको छ । निरज कंडेलले खिचेको फिल्ममा सुरज पाण्डे र स्वस्तिमा खड्का प्रमूख अभिनयमा छन् ।

यहि चलचित्रबाट सुरजले डेब्यू गरेका हुन् । उनले यसअघि बाल कलाकारको रुपमा आधा दर्जन चलचित्रमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu