‘गाजलु’ निर्माताको ‘ब्रेकअप’, फागुन २ मा हुनेछ रिलीज



rohit
Rohit Adhikari, Producer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘गाजलु’ निर्माण टिमले दोश्रो प्रोजेक्ट घोषणा गरेको छ । ‘गाजलु’ रिलिजको झण्डै एक बर्ष पुग्नै लाग्दा निर्माण ब्यानर रोहित अधिकारी फिल्मस् ले दोश्रो प्रोजेक्ट स्वरुप ‘ब्रेकअप’ घोषणा गरेको हो ।

निर्माता रोहित अधिकारीले भदौबाट फिल्म फ्लोरमा जाने बताएका छन् । चलचित्रमा को-को कलाकार रहने भन्ने कुरा सार्वजनिक गरिएको छैन । रोहित फिल्मस् सँगै ह्याप्पी प्लानेट फिल्मस् को संयुक्त ब्यानरमा फिल्म ‘ब्रेकअप’ बन्नेछ । अधिकारीले पुर्णतः लभ स्टोरी जनरामा फिल्म बन्न लागेको बताए ।

breakup

फिल्माई हेमराज बिसीले निर्देशन गर्दैछन् । ‘गाजलु’ निर्देशक बिसी मोटो पारिश्रमिकमा रोहितको दोश्रो प्रोजेक्टमा अनुबन्ध भएका थिए । यसैबीच पछिल्लो समय फिल्म निर्माण पुर्व नै रिलिज तयको होठबाजीमा ‘ब्रेकअप’ पनि थपिएको छ । निर्माण घोषणाको पुर्व सन्ध्यामा यो प्रोजेक्ट अर्को बर्षको फागुन २ मा रिलिज हुने समेत घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu