‘यो साइनो मायाको’ ट्रेलर रिलिज (भिडियो)
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चैत्र ४ बाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘यो साईनो मायाको’ को ट्रेलर रिलिज गरिएको छ ।
अरुणकुमार प्रधान निर्देशित यो चलचित्रमा सञ्चारकर्मी समेत रहेका जतिन ताम्राकार, रेश्मा घिमिरे, किशोर भण्डारी, राजु कमेडी, नवनितराज प्रधान, सुनिता श्रेष्ठ लगायत लिड अभिनयमा छन् ।
कार्यक्रममा बोल्दै फिल्म निर्माता रामकुमार श्रेष्ठले माया गर्नेहरुको लागी ‘यो साईनो मायाको’ खास खुराक बन्नसक्ने बताए ।
बाबुराम नेपालीले खिचेको फिल्ममा कुन्दन थापा र विकेश के शंकरको संगीत छ । फिल्मलाई काठमाडौंमा सुनिल मानन्धर र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएका छन् ।
ट्रेलर: