हात्ती चढेर एक्शनमा देखिए निखिल, हेर्नुहोस् ‘निर्भय’ ट्रेलर (भिडियो)



Nirbhay-trailer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘निर्भय’को ट्रेलर रिलिज भएको छ । निखिल उप्रेती स्टारर यो चलचित्र चैत्र ११ मा रिलिज हुँदैछ ।

ट्रेलर एक्सनप्रधान छ । जहाँ राष्ट्रसेवक नेपाल प्रहरीको भूमिकामा देखिएका निखिलले केहि भिन्न र नेपाली फिल्ममा दुर्लभ लाग्ने प्रकारका एक्सन दृश्य दिएका छन् । उनले हात्तीमाथी चढेर एक्शन दिएका छन् । निखिलले आफ्नो पहिलो चलचित्र ‘पिँजडा’मा सात तल्लाको भवनबाट बीना सुरक्षा हाम फालेको दृश्य दिएपछि एकाएक हिट भएका थिए । निर्भयमा पनि उनले अन्य चलचित्र भन्दा फरक एक्शन दृश्य दिने प्रयास गरेका छन् ।

सार्वजनिक ट्रेलरमा निखिलसँगै लिड अभिनेत्री नीता ढुङ्गाना, प्रज्वल गिरी, विकास चापागाईं, सुशिल पोखरेल लगायत फिचरिङमा छन् । मधुसुदन भट्टराई निर्देशित फिल्मका निर्माता देविप्रसाद पाण्डे हुन् । रामजी लामिछानेले कोरियोग्राफी गरेको फिल्ममा संगीत ताराप्रकाश लिम्बु र अर्जुन पोखरेलको छ ।

रामशरण उप्रेतीले खिचेको फिल्मलाइ यम थापाले लेखेका हुन् ।
ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu