गायक प्रकाश ओझालाई दश बर्ष जेल



prakash-ojha-jail

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली गायक प्रकाश ओझालाई सर्वोच्च अदालतले दश बर्षको जेल सजाय सुनाएको छ । सजाय सुनाए लगत्तै काठमाण्डौको शंखमुलमा लुकेर बसेका ओझालाई पक्राउ गरी सुन्धारास्थित केन्द्रिय कारगार चलान गरेको छ ।

गायक तथा हाँस्य कलाकार ओझा २०५९ को यौनकाण्डमा दोषी ठहर भएका हुन् । उनले नायिका बनाउने प्रलोभन देखाएर युवतीहरुसँग शारीरिक सम्वन्ध राखी भिडियो खिचेर बाहिर ल्याएका थिए । लगातार २ वर्षसम्म डरत्रास देखाएर तीन बालबालिकासँग अनैतिक सम्वन्ध राखेको र अश्लिल तस्वीर तथा भिडियो खिचेको आरोप समेत उनिमाथी थियो ।

यो घटनाकी पीडित जेसिका (ज्योती) खड्काले दुई वर्ष अघि आत्महत्या गरिन् ।

सर्वोच्चले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउँदै सुनसरी ओझालाई दश बर्ष जेल सजाय सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu