चलचित्र संघमा प्रदीप उदय निर्विरोध



pradeep-uday-winner

ठुलोपर्दा डटकम।
नेपाल चलचित्र संघको ४४औँ साधारणसभाबाट अध्यक्षमा प्रदीपकुमार उदयलाई निर्विरोध चयन गरिएको छ ।

मंगलबार हेटौँडामा सम्पन्न उक्त साधारणसभाबाट संघको नयाँ कार्यसमितिका लागि अशोक शर्मा, वीरेन्द्रनारायण श्रेष्ठ, मधुसूदन प्रधान, नरेन्द्र महर्जन, मदनमान बज्राचार्य, कपिल द्वालगायतका हलसञ्चालक चयन भएका छन् । तीमध्येबाट संघका पदाधिकारी चयन हुनेछन् ।

चलचित्र संघ फिल्म हल सञ्चालकहरूको साझा संस्थाका रूपमा रहेको छ । सभालाई सम्बोधन गर्न हेटौँडा पुगेका राप्रपा अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले नेपाली फिल्मको विकास कस्तो हुँदै छ, कुन मार्ग उन्मुख भइरहेको छ भन्नेतिर छलफल गर्न जरुरी भएको बताएका थिए । नव निर्वाचित अध्यक्ष उदय राप्रपा केन्द्रीय सदस्यसमेत हुन् ।

सभामा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले देशका विभिन्न स्थानमा पुराना हलमा फिल्म प्रदर्शन गर्दा दर्शकको रुचि घट्ने भएकाले सुविधासम्पन्न फिल्म हल बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu