देशैभरका चलचित्र घर ठप्प, आधा करोड माथी घाटा



hallठुलोपर्दा डटकम, काठमाण्डौ। नेकपा-माओवादी लगाएत ३३ दलिय मोर्चाले आह्वान गरेको आम हड्तालका कारण नेपाली चलचित्रलाई आधा करोड भन्दा बढि घाटा पुगेको छ। दिनभर देशभरका सबै चलचित्र घरहरु बन्द भएका छन्।

बन्दको पक्षमा चलचित्र घरहरु नभएपनि तोडफोड हुने  डर र दर्शकको उपस्थिती न्युन हुने भएपछि हल बन्द भएका हुन्। यतिबेला दुई नेपाली चलचित्र र एक वलिउड चलचित्र प्रदर्शनमा छन्। ‘बिन्दास २’, ‘मधुमास’ र ‘क्रिश ३’ थिएटरमा छन्। हड्तालका कारण तीनवटै चलचित्रको व्यापार शुन्य रह्यो।

राजधानी तथा मोफसलका सबै हलहरुमा चाबी लगाईएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu