‘छक्का पञ्जा’ १०० दिने खुशीयाली कार्यक्रम(भिडियो)



chhakka-panja-100

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्रको एक गीतको छायांकनस्थल ललितपुर जिल्लाको सिखालीचौरमा चलचित्र ‘छक्का पञ्जा’ले प्रर्दशनको सय दिनको खुसियाली मनाएको छ । वनभोजको रुपमा मनाईएको खुशीयाली कार्यक्रममा चलचित्रकर्मी, संचारकर्मी र शुभचिन्तकको उपस्थिती थियो ।

कार्यक्रममा चलचित्रकर्मी, संचारकर्मी हरुलाई मायाको चिनो र सिनेमा हल सञ्चालक, चलचित्र वितरक र चलचित्र पत्रकारहरुलाई कदरपत्र प्रदान गरिएको थियो । साथै प्राविधिकहरुलाई उनीहरुको कामको सम्मान स्वरुप बोनस पनि प्रदान गरिएको थियो ।

बरिष्ठ हाँस्य कलाकारद्वय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठको प्रमूख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा चलचित्र यूनिट सहित अन्य चर्चित कलाकर्मी थिए ।

दीपाश्री निरौला निर्देशीत चलचित्र ‘छक्कापञ्जा’ले गौरवशाली सय दिन मनाएको छ । यो चलचित्र अझै पनि चार हलमा चलिरहेको छ । एक्काईस हलमा ५१ दिन र उपत्यकाका चार हल (गुण, गंगा, गोपी र बिग मुभिज )मा सय दिन मनाएको हो ।

भदौ २४ गते बाट प्रदर्शन गरिएको चलचित्र ‘छक्का पञ्जा’ अहिलेसम्म १६ करोडको ग्रस व्यापार गरेको आँकडा छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu