फिल्मस्टारकी पत्नी हुन कठिन छ: शाहरुख



srk-and-gauri-khan

शाहरुख खान र गौरी खान बलीवुडका ‘परफेक्ट कपल’ मानिन्छन् । किंग खान सँधै पारिवारिक रहे र यो ट्यागलाई उनले सँधै न्याय गरेका छन् ।

उनकी पत्नी गौरी पनि शाहरुखको साथ हरेक सुख-दुखको घडीमा खडा रहिन् । यिनिहरुको जोडी अरुको लागि उदाहरण हो ।

यो जोडीको बिहे भएको २५ बर्ष हुँदैछ । शाहरुखले आफ्नो सफल बैवाहिक जीवनका कारण सबैसँग शेयर गरेका छन् । शाहरुखले एक अखबारसँग भनेका छन्, ‘मेरो र गौरीको जिन्दगी हाम्रा वरपर घुम्छ । जब तपाईँ अविभावक बन्नुहुन्छ सबै बदलिन्छ । हाम्रा तीन बच्चा हाम्रो जिन्दगीका केन्द्रबिन्दु हुन् र उनिहरुकै कारण हाम्राो जिन्दगी चलिरहेको छ’ ।

शाहरुखले यो पनि भने कि कलाकारकी श्रीमती हुन सजिलो छैन । ‘हाम्रो प्राईभेट जीवन नै हुँदैन, हामीलाई पब्लिक फिगर भनिन्छ । यस्तो अवस्थामा बैवाहिक जीवनको स्पेस बनाउन निकै कठिन छ’ शाहरुखले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu