हसनको ‘रोमियो’ घोषणा



romiyo-announce

ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्माता तथा नायक हसनराजा खानले आफ्नो दोश्रो चलचित्र ‘रोमियो’को घोषणा गरेका छन् । आगामी सातादेखि फ्लोरमा जाने यो चलचित्रलाई शंकर कार्कीले निर्देशन गर्दैछन् ।

यो चलचित्रमा मेलिना मानन्धर, हसनराज खान, नीशा अधिकारी, भानुप्रताप ढकाल, ओसिमा बनु, विपेन गुरुङ, विकास खतिवडा लगायतका कलाकारको अभिनय रहनेछ । बिहिवार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका यूनिट उपस्थित थियो ।

‘रोमियो’मा रामेश्वर कार्कीको छायांकन, किरण घिमिरे ‘माइकल’को लेखन, सुरेन्द्र पौडेलको सम्पादन, अष्ट महर्जन एक्सन, गम्भिर बिष्ट र विपेन गुरुङको कोरियोग्राफी रहनेछ ।

नायक तथा निर्माता हसनराजा खानले टिम राम्रो भएकाले पनि चलचित्र दर्शकलाई मनपर्ने बनेर आउने बताए । नव-निर्देशक शंकर कार्कीले यो एउटा प्रेम कथामा निर्माण हुन लागेको चलचित्र बताए ।

साथै, चलचित्रमा समावेश ल्याङ-ल्याङ बोलको गीतको अडियो सार्वजनिक गरिएको छ । यो अडियोको भिडियो बनाउनेमध्ये एकजनाको भिडियोको स्टेपलाई गीतको भिडियोमा समावेश गरिने निर्माणपक्षले बताएको छ ।

लिरिकल अडियो गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu