दशैँमा यति खुशी स्वेता



sweta-khadka-dashain

ठुलोपर्दा डटकम, काठमाण्डौ।
पति श्रीकृष्ण श्रेष्ठको वियोगमा लामो समय निराश रहेकी नायिका स्वेता खड्काको मुहारमा हिजोआज खुशी झल्किन थालेको छ ।

गत बर्ष दशैँ नमनाएकी उनले यसपालीको दशैंको टीका आफ्नो आफन्त र नजिकका साथिभाइसँगै मनाएकी छिन् । उनले दुई वर्षपछि दशैंको टिका लगाएकी हुन् । गत बर्ष श्रीकृष्णकी आमाको पनि निधन पछि उनले दशैं मनाएकी थिइनन् ।

यो वर्षको दशैंको पहिलो दुई दिन टीका लगाउन नभएकाले तेश्रो दिन उनले माइति घरमा दशैं मनाएकी हुन् । स्वेताले आफ्नो ९३ वर्षका बुवाको हातबाट टीका ग्रहण गरिन् ।

टीका लगाइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफु छिट्टै चलचित्रमा फर्किने बताइन् । उनले आफुले नै चलचित्र निर्माण गर्न लागेको खुलाईन् ।

फोटो: अनलाइनखबर

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu