नम्रता र दयाहाङ् उत्कृष्ट नायक-नायिका, पशुपति प्रसाद उत्कृष्ट चलचित्र: एलजी फिल्म अवार्ड



namrata-and-daya

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बुधवार साँझ सम्पन्न एलजी फिल्म अवार्डमा दयाहाङ् राई र नम्रता श्रेष्ठ उत्कृष्ट नायक-नायिका बनेका छन् । राई ‘कबड्डी कबड्डी’बाट र श्रेष्ठ ‘क्लासिक’बाट उत्कृष्ट बनेका हुन् ।

उत्कृष्ट निर्देशक ‘पशुपति प्रसाद’बाट दिपेन्द्र के खनाल बने । खनाल निर्देशित ‘पशुपति प्रसाद’ उत्कृष्ट चलचित्र घोषित भयो ।

अवार्ड कार्यक्रममा चार दशकदेखी देखि नेपाली चलचित्रमा भेषभुषा तथा कला संयोजकको रुपमा काम गर्दै आएका उद्धवराज भट्टराइ(जुंगे)लाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । उनलाई नगद रु. ५१ हजार सहित सम्मान दिइएको हो ।

त्यस्तै, अभिनेत्री करिश्मा मानन्धरलाई ‘दशककी नायिका’को अवार्ड प्रदान गरियो भने ‘वडा नम्बर ६’को‘सुर्के थैली खै’ बोलको गीतलाई ‘पपुलर सङ अफ द इयर’को अवार्ड प्रदान भयो । ‘पपुलर एक्टर (मेल)’ अनमोल केसी र ‘पपुलर एक्टर(फिमेल)’को अवार्ड रेखा थापालाई प्रदान गरियो ।

साथै, प्रदिप खड्का र पूजा शर्मालाई ‘वेष्ट अन–स्क्रिन कप्पल अफ द इयर’को अवार्ड प्रदान गरियो । यो जोडी ‘प्रेमगीत’बाट थियो ।

सोहि अवार्ड कार्यक्रममा बलीउड अभिनेता शत्रुघन सिन्हाको बायोग्राफी पुस्तक ‘एनिथिङ् बट खामोस’को नेपाल विमोचन समेत गरिएको थियो । कार्यक्रममा सिन्हाको समेत उपस्थिती थियो ।

बाँकी सुची यसप्रकार छ:
उत्कृष्ट कोरियोग्राफीः रेनशा वान्तवा राई (प्रेमगीत)
उत्कृष्ट संगीतकारः अर्जुन पोखरेल (प्रेमगीत)
उत्कृष्ट द्धन्द्ध निर्देशकः हिमाल केसी (भैरव)
उत्कृष्ट सम्पादकः सुरेन्द्र पौडेल (क्लासिक)
उत्कृष्ट पटकथाः खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)
उत्कृष्ट व्याकग्राउण्ड स्कोररः एलिस कार्की (प्रेमगीत)
उत्कृष्ट छायाँकारः पुरुषोत्तम प्रधान ,सञ्जय लामा (ड्रिम्स)
उत्कृष्ट कलरिष्टः अनन्त घिमिरे (क्लासिक),
उत्कृष्ट भिएफएक्सः अक्की शर्मा, सत्यम राना (च्याम्पियनं)
उत्कृष्ट स्टन्टः सिम्पसन तामाङ (भैरव)
उत्कृष्ट ट्रेलरः साहिल खान (भैरव)
उत्कृष्ट पोस्टरः सुन्दर श्रेष्ठ (वडा नम्बर ६)

भिडियो समाचार हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu