रजनीका दुई चलचित्र: ‘ब्रासलेट’ एक्सपेरिमेन्टल, ‘लालजोडी’मा बोल्ड (भिडियो)
ठुलोपर्दा डटकम, काठमाण्डौ।
शुक्रबार एकसाथ रिलीज हुने दुई चलचित्र ‘ब्रासलेट’ र ‘लालजोडी’मा नायिका रहेकी छन् रजनी केसी । तीजको अवसर पारेर एकैदिन रिलीज हुने यो दुवै चलचित्रबाट रजनीले निकै ठुलो अपेक्षा राखेकी छिन् ।
उत्पादनशिल वस्तु भए एकसाथ दुई उत्पादन सार्वजनिक हुनु जो-कसैको लागि पनि सफलतामा नै लिईन्थ्यो तर चलचित्रको हकमा भने रजनीलाई अलिक अप्ठेरो पर्यो । एकैदिन दुई चलचित्र रिलीज हुँदा उनले प्रचार-प्रसारका क्रममा कठिनाई भोगिन् । तैपनि उनले समयलाई ब्यवस्थापन गर्दै प्रचारमा सहभागि भईन् ।
हामीसँगको छुट्टा-छुट्टै कुराकानीमा रजनीले दुवै चलचित्रबारे बोलेकी छिन् । उनले आफ्नो लागि ब्रासलेटको भूमिका एकदम एक्सपेरिमेन्टल भएको बताएकी छिन् । उनले भनिन्, ‘ब्रासलेटको चरित्र च्यालेञ्जिङ् पनि हो । सिन्दुर लगाएपछि, बिहे भएपछि जीवनमा अनेक मोडहरु आउँछन् । एउटै कलाकारले धेरै प्रकारका भूमिका एउटै चलचित्रमा निभाउनु च्यालेञ्ज हो’ ।
त्यस्तै उनले लालजोडीमा आफु बोल्ड अवतारमा आउने बताएकी छिन् । ‘लालजोडीमा एकदमै फरक गेटअपमा आउँदैछु । अहिले सम्म नदेखिएकी रजनी केसी माईक्रोस्कर्ट, माईक्रिमिनी, हाफ पाईन्ट-सर्ट लगाएकी छु । अहिले सम्म यति धेरै बिन्दास कुनै चलचित्रमा देखिएको थिइन’ ठुलोपर्दा डटकमसँग उनले बताईन् ।
उनले दुवै चलचित्रबाट सफलताको आशा लिएकी छिन् । यसअघि परदेशीमा गाउँले युवती हुँदा भन्दा अहिले दुवै चलचित्रमा फरक अभिनय गर्दा अप्ठेरो भएको उनले बताईन् ।
निर्मल शर्माको निर्देशन र केशव भट्टराईको निर्माणमा बनेको ‘ब्रासलेट’मा उनि नायक रमेश उप्रेतीसँग अभिनय गरेकी छिन् भने लक्ष्मण सुवेदीको निर्माण/निर्देशन रहेको ‘लालजोडी’मा हाँस्यकलाकारबाट नायक बनेका ज्योती काफ्लेको अपोजिटमा छिन् ।
यि दुई चलचित्रसँगै शिल्पा पोखरेल अभिनित ‘वृन्दाबन’ पनि रिलीज हुँदैछ ।
हेर्नुहोस् भिडियोहरु: