दया र केकीको प्रेममा ‘घामपानी’ बन्ने



Ghampani-announce

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अन्तरजातिय बिवाहमा आधारित रहि चलचित्र ‘घामपानी’ बन्ने भएको छ । सञ्चारकर्मी दिपेन्द्र लामाले निर्देशन गर्ने यो चलचित्रमा दयाहाङ् राई र केकी अधिकारीको प्रेम प्रस्तुत हुनेछ ।

सिनेमा आर्टस्को निर्माण, हाइलाइट्स नेपाल र टर्चलाइट प्रोडक्शनको प्रस्तुतीमा तयार हुने यो चलचित्र असोज ६ गतेबाट फ्लोरमा जानेछ । एउटै टोलका फरक-फरक सँस्कृति भएका फरक जातीका युवा र युवतीविच हुने प्रेम र त्यसपछिका उतारचढावले नै चलचित्र बन्ने निर्देशक लामाले बताए ।

चलचित्रमा दया र केकीको साथमा वुद्धि तामाङ, अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहनेछ । ओम गुरुङ, शैलेन्द्रध्वज कार्की, रौनकविक्रम कँडेल, ओमचन्द रौनियार र विश्व गौचन चलचित्रका निर्माता हुन् भने वाल्मिकी पोखरेल र मणिराम पोखरेल चलचित्रका कार्यकारी निर्माता हुन् ।

चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्रध्वज कार्कीको छायांकन, कालिप्रसाद बास्कोटा र चन्द्रकुमार श्रेष्ठको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu