चलचित्र ‘नेपालीको शान’ घोषणा, थाईल्याण्डमा छायांकन हुने



Nepaliko-Shann

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बीएस बलामीको निर्देशनमा बन्ने नेपाली चलचित्र ‘नेपालीको शान’ घोषभा भएको छ । सोमवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बिजी फिल्मस्को व्यानरमा निर्माण हुने यो चलचित्र घोषणा गरिएको थियो ।

चलचित्रको छायांकन थाइल्याण्डमा हुने बताईएको छ । यो चलचित्रमा प्रेम, रोमान्स र नेपाल प्रतिको माया तथा नेपालीको शानलाई प्रस्तुत गरिनेछ । चलचित्रमा निर्देशक बलामीकै प्रस्तति र लेखन रहनेछ । प्रज्जवल गिरी, सिमा केसी, राजेन्द्र गौतम, निशा शाह, श्रीदेव आचार्य र डेब्बु नायकको रुपमा प्रकाश खत्रीको अभिनय रहनेछ भने अभिनेता जीवन लुाइटेल विशेष भूमिकामा पर्दामा देखिनेछन् ।

ज्ञानु श्रेष्ठ, प्रकाश खत्री, राजेन्द्र गौतमले लगानी गर्ने फिल्ममा टंक बुढाथोकी र सम्राट थापाको संगीत, निशा शाहको नृत्य, देव महर्जनको द्वन्द्व, नविन पन्तको संवाद, अनन्त घिमीरेको सम्पादन तथा कलर, मधुकर बलामीको एनिमेशन भीएफएक्स, सुजन बानियाको पब्लिसिटी डिजाइन र सञ्चु थोकर लामाको छायांकन हुनेछ । थाइल्याण्डसागै नेपालको गणेश हिमालको अधिकांश भुभागमा फिल्म खिचिने निर्देशक बलामीले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu