गणेशले हातैले बनाए ‘वीर विक्रम’को पोस्टर



bir-bikram-hand-made-posterठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘वीर बिक्रम’लाई एउटा उपहार आएको छ । गणेश राइ नाम गरेका एक फ्यानले चलचित्र पोष्टर आफ्नै हातबाट तयार गरेर निर्देशक मिलन चाम्स र नायक दयाहाङ राइलाई हस्तान्तरण गरेका छन् ।

नायक राइको ठूलो फ्यान रहेको बताउने राईले चलचित्रको पोष्टर मन परेकाले आफूले हातले नै कोरेको बताए । फ्यानले देखाएको मायाले दंग परेको चलचित्रका निर्देशक मिलन चाम्सले आउँदा दिनमा दर्शककै रोजाइमा चलचित्र बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

निर्देशक राइले आफ्नो चलचित्र पूर्ण रुपमा अर्गानिक कथामा तयार भएको भन्दै देशभर चलचित्रप्रति देखिएको उत्साहले उत्साहित भएको बताए । दयाका साथमा अनुप विक्रम शाही, अर्पण थापा, दिया पुनको मुख्य भूमिका रहेको यो चलचित्र सस्पेन्स कमेडी कथामा निर्माण भएको छ । यो चलचित्र भदौ ३ गतेबाट देशभरका हलमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu