अष्टनारायण पिक्चर्सले ‘हिटलर’ बनाउने



hiter

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र निर्माण कम्पनी अष्टनारायण पिक्चर्सले नेपाली चलचित्र ‘हिटलर’को निर्माण गर्ने भएको छ । रोमान्टिक कमेडी कथामा बन्न लागेको यो चलचित्रमा सोहित मानन्धर नायक रहनेछन् ।

चलचित्र निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले पनि सहकार्य गर्नेछन् । चलचित्रको निर्देशन सौरभ ढकालले गर्न लागेका छन् । उनले यसअगाडि चलचित्र ‘सुपरहिट’ निर्देशन गरेका थिए ।

नायिकाको भने टुंगो लागेको छैन । निर्देशक ढकालले केही दिनमै नायिका सहित पत्रकार सम्मेलनको आयोजना गर्ने बताए । चलचित्रको छायांकन ए.आर पौडुवालले गर्दैछन् । उनी यतिबेला बलिउड चलचित्र नगरिमा व्यस्त रहेको जानकारी निर्देशक ढकालले दिएका छन् । उनका अनुसार ए.आरले हालसम्म थुप्रै अन्तरराष्ट्रिय प्रोजेक्टका साथमा बलिउडमा काम गरिसकेका छन् ।

लोचन घिमिरे चलचित्रका संगीतकार हुन् । किच्चामान चित्रकार चलचित्रका लेखक हुन् । यो चलचित्र वि.सं २०७४ साल वैशाख १५ गतेबाट देशभरका हलमा लाग्ने जानकारी निर्माणपक्षले दिएको छ । चलचित्रको संगीतको काम मुम्बइमा नै सम्पन्न भएको छ ।

चलचित्रमा कृष्ण के अच्छामीको कोरियोग्राफी रहने छ । चिनिमाया मानन्धर निर्माता रहने चलचित्रमा त्रिरत्न मानन्धर कार्यकारी निर्माता रहनेछन् । लोचन घिमिरे र सौरभ ढकाल चलचित्रको सह-निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu