‘गाँठो’को भिडियो बनाउनुहोस्, १ लाख पुरस्कार जित्नुहोस्



Gatho-song-competion

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र गाँठोले आफ्नो प्रमोशनल गीतको भिडियो प्रतियोगीता गर्ने भएको छ । मनको गाँठो फुकाउने भिडियो कन्टेस्ट नाम दिईएको उक्त भिडिया प्रतियोगीताका बिजयीले नगद रु एक लाख पाउने बताईएको छ ।

युट्युव मार्फत सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत अनुपम शर्माको रहेको गीतमा अनुपम शर्माकै गायन रहेको छ भने प्रशान्त शर्मा र रञ्जित बस्नेत ले गायनमा साथ दिएकाछन् । प्रतियोगीतामा भाग लिन चाहने प्रतियोगीले गीत डाउनलोड गरेर भिडियो बनाएर मा पठाउन सक्नेछन् पठाईएको भिडियोलाई युट्वमा राखिनेछ र उत्कृट भिडियोलाई पुरस्कार गरिने छ ।

भाद्र ३१ गते प्रदर्शन मिति तोकिएको फिल्मको प्रदर्शन मिति कै दिन उक्त प्रतियोगीताको निर्णय सार्वजनिक सहित पुरस्कृत समेत गरिनेछ । बटवाल इन्टरटेन्मेन्ट को ब्यानरमा बनेको फिल्ममा तिलक बहादुर क्षेत्री, सुरज भुषाल नृपेन्द्र राज जोशीको लगानी रहेको छ ।

नियमहरुः
१ प्रतियोगीले हाईलाइटस नेपालमा रहेको गाँठोको गीत डाउनलोड गर्न सक्नेछन् र त्यसको भिडियो बनाएर पठाउनुपर्ने छ ।
२ गीत भएपनी प्रतियोगीले डान्सकै भिडियो पठाउन पर्ने जरुरी छैन् । डान्स सँग मेल खाने भिडियो हुनुपर्ने छ ।
३ प्रतियोगीतामा समावेश हुन चाहने प्रतियोगीले [email protected]  वा [email protected]  मा भिडियो पठाउनुपर्नेछ ।
४ पठाईएका भिडियोलाई गाँठो फिल्मको युट्युव च्यानल मार्फत राखिनेछ । आधिकारिक रुपमा हामीले युट्युव च्यानलमा राखेका भिडियो मात्र प्रतियोगीतामा समावेश हुनेछन् ।
५ प्रतियोगीतामा समावेश भएका भिडीयो मध्ये एक उत्कृष्ट यहि मिती २०७३ भाद्र ३१ गते गाँठो फिल्मको रिलिज दिन पारेर पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu