चार घण्टामा दुई चलचित्र खिचिँदै, वन शटमा खिचेमा बिश्व रेकर्ड बन्ने
ठुलोपर्दा डटकम, काठमाण्डौ।
अराज केशव निर्देशन गर्ने दुई चलचित्र ‘जालो’ र ‘जालो रिटर्न्स’ एकसाथ चार घण्टामा खिचिने भएको छ । अराजले गिनिज बुक नाम लेखाउने उद्देश्य सहित यि दुई चलचित्र बनाउन लागेको बताए ।
वन सटमा खिचिने यि चलचित्र बनाउने आफ्नो ७ बर्षदेखिको सपना भएको अराजले बताए । वन सटमा खिचेर बिश्व रेकर्ड राखिने भएपनि यि चलचित्र कमर्शियल हुनेछन् । चार घण्टामा दुई भिन्न कथाका चलचित्रको छायांकन सकिनेछ । चलचित्रमा गीत तथा द्वन्द्व समेत हुनेछन् ।
सुन्दा निकै अचम्म लाग्ने यो प्रोजेक्ट सफल पार्न आफु पुरै तयार रहेको अराजले बताए । अराजकै लेखन रहेको यो चलचित्रमा मोहित मुनालको लगानी रहनेछ । चार घण्टामा खिचिने भएपनि वर्कशपमा समय लाग्ने भएकोले चलचित्र बजेट ठुलो हुने मुनालले बताए । चलचित्र असारमा खिचिनेछन् ।
यि चलचित्रमा अनुपविक्रम शाही, आशिफ शाह, भानु प्रताप, मेनुका प्रधान, बर्षा सिवाकोटी, प्रकाश श्रेष्ठ, मुक्ताराम आचार्य, भिष्म जोशीको मुख्य भूमिका रहनेछ । हरी लामाको छायांकन रहने चलचित्रलाई बनिश शाहले सम्पादन गर्नेछन् ।