अमेरिकामा बनेको नेपाली चलचित्र ‘सफर’को टिजर सार्वजानिक (भिडियो)



SAfar

ठुलोपर्दा डटकम, काठमाण्डौ।
यात्रा दौरानमा भएका घटनाहरुलाई चलदृश्यको स्वरुप दिईएको नेपाली चलचित्र ‘सफर’को टिजर सार्वजनिक भएको छ । तीन साथीले तय गर्ने यात्राको कथा समावेश गरिएको यो चलचित्र अमेरिकामा बनाईएको हो ।

युवा फिल्म्सको व्यानरमा निर्माण गरिएको यो चलचित्रका निर्देशक आशिष श्रेष्ठ हुन् । चलचित्रमा मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोख्ररेल र नुरजा श्रेष्ठलाई मुख्य भुमिकामा देख्न सकिन्छ । केशब खड्काको कथा रहेको ‘सफर’ असोज १४ बाट देशैभरी प्रर्दशनमा आउँदैछ ।

चलचित्रमा सत्यराज आचार्य, धर्मेन्द्र सेवान र उज्वल मेघी गुरुङको संगीत सुन्न सकिन्छ भने गीतमा उत्तम भौकाजी, अर्जुन सुवेदी र उज्वल मेघी गुरुङका शब्दा रहेका छन् ।

टिजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu