दृष्टीबिहिन श्रृष्टीको कथामा चलचित्र बन्ने, नाजिर र वेनिशाको मूख्य भूमिका रहने (भिडियो)



blind-rocks-announce

ठुलोपर्दा डटकम, काठमाण्डौ।
सोह्र बर्षको उमेरमा नै दुवै आँखा गुमाएकी श्रृष्टी केसीको जीवनीमा आधारित रहेर बन्ने नेपाली चलचित्र ‘ब्लाइन्ड रक्स’को सोमबार घोषणा गरिएको छ ।

राजधानीमा एक कार्यक्रम आयोजना गर्दै चलचित्र घोषणा गरिएको हो । यो चलचित्रलाई यसअघि ‘हँसिया’ र ‘बीर बिक्रम’ निर्देशन गरेका मिलन चाम्सले निर्देशन गर्नेछन् । चाम्स इन्टरटेन्मेन्ट र एन फिल्मस एन्ड क्रियसनको ब्यानरमा तयार हुन लागेको यो चलचित्रमा अर्पण थापा, वेनिशा हमाल, नाजिर हुसेन, गौरी मल्ल, प्रज्वल सुजल गिरी, शिशिर राना र दिपक गुरुङ प्याट्म्यानको अभिनय रहनेछ ।

चलचित्रका निर्माता बेलायत निवासी निकेश लिम्बु हुन् । चलचित्रमा हरि लम्साल र ताराप्रकाश लिम्बुको संगीत, रामकुमार केसीको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको नृत्य निर्देशन, यम थापाको लेखन रहनेछ ।

श्रृष्ट दृष्टिबिहिन भएपछि एसएलसीमा प्रथम श्रेणी, इन्टर लेबलमा नेपाल टप, ब्याचलर लेबलमा नेपालीमा नेपाल टप भएकी छिन् । श्रृष्टीको भूमिकामा नायिका वेनिशा हमाल देखिनेछिन् । निर्देशक मिलन चाम्सले नै निर्देशन गरेको अर्को चलचित्र ‘बीर बिविक्रम’ भदौ ३ गते रिलिज हुँदैछ ।

भिडियो

फोटो/भिडियो: विबेक बश्याल

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu