नेपालको पहिलो म्युजिक भिडियो सार्वजनिक, गायक र मोडल हुन् भुवन के.सी. (भिडियो)



nepali-1st-music-video
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाल टेलिभिजनले २०४२ सालमा निर्माण गरेको एक म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । नेपालको पहिलो म्यूजिक भिडियो रहेको ‘मायालु तिमी टाढा’ बोलको भिडियोमा भुवन के.सी.ले आवाज दिएका छन् ।

गीतमा विजय उदयको शब्द र शम्भुजीत बासकोटाको संगीत रहेको छ । जयसिंह शाहको छांयाकन रहेको भिडियोलाई शम्भुजीत बासकोटाले निर्देशन गरेका हुन् । सार्वजनिक भिडियोमा नायक भुवन केसीले नै अभिनय गरेका छन् । २०४२ सालमा यो गीत निकै चर्चामा रहेको थियो । यहि गीतबाट नायक भुवन केसीलाई गायक भनेर पनि चिनिन थालिएको थियो ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu