खानको शैलीमा जब अनमोल हल पुगे, प्रहरीले दियो सुरक्षा (भिडियो सहित)



anamol-hall-visit
ठुलोपर्दा डटकम, काठमाण्डौ।
बलीउडका खान भनेपछि करोडौं यूवायूवतीहरु उनीहरुलाई हेर्न मरिहत्ते गर्छन् । बलीउड खान भारतमा मात्र होइन नेपालमा पनि त्यतिकै लोकप्रिय कलाकार हुन् । तर पछिल्लो समय नेपालका यूवास्टार अनमोल केसीलाई बलीउडका खान भन्न थालिएको छ । उनको लगातार भइरहेको चलचित्रको सफलताले उनलाई खानको दाँजोमा राख्न थालिएको छ ।

शुक्रबारबाट उनै अनमोलले अभिनय गरेको चलचित्र ड्रिम्स यति बेला प्रदर्शन भइरहेको छ । प्रदर्शनको बेला देखीनै सफल भइरहेको चलचित्र ड्रिम्सले फेरी अनमोलको क्रेज ह्वात्तै बढाएको छ । शनिवार उनलाई हेर्न लागेको दर्शकको भिड प्रहरी र उनका चार बडिगार्डले समेत थेग्न सकेनन् । सुरुमा काठमाण्डौको गोपिकृष्ण हलमा पुग्दा अनमोललाई ४ बडिगार्डको सुरक्षा घेरा र प्रहरीले सुरक्षा दिएको थियो ।

उनलाई देखेपछि यूवतीहरु आई लभ यू अनमोल भन्दै चिच्चाएका थिए । विशेषत किशोरीहरुको ‘अनमोल आई लभ यु’, ‘आई एम डाईङ्ग फर यु’ जस्ता चिच्याहट सुन्दा उनी साच्चै स्टार हुन भन्ने कुरा पुष्टि भएको छ । अत्याधिक भीडको कारणले गर्दा अनमोल र उनको समुह गोपीकृष्ण हल परिसरमा मुश्किलले १० मिनेट मात्र बसे ।

त्यसपछि अष्टनारायण हलमा पुग्दा त्यहाँ पनि उनको उस्तै क्रेज देखियो । अनमोलले हल भिजिट गरिरहदाँ गोपीकृष्णको चार र अष्टनारायणको तीनवटा हलमा हाउसफुल भएको थियो । ‘होस्टेल’ र ‘जेरी’ चलचित्रबाट दर्शक माझ स्टार नायकको रुपमा छवि बनाएका नायक भुवन केसीका छोरा अनमोल केसीले अभिनय गरेको चलचित्र ‘ड्रिम्स’ लाई भुवन केसीले नै निर्माण र निर्देशन गरेका हुन् ।

चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा, पुरुषोत्तम प्रधान र सन्जय लामाको छायांकन, हरकुलिश बस्नेत र विशेष पाण्डेको संगीत, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । यो चलचित्रमा अनमोलसँगै साम्राज्ञीराज्य लक्ष्मी शाह, सन्ध्या केसीको मुख्य भुमिका रहेको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu