सलमान खानलाई ज्यान मार्ने धम्की, बढाइयो सुरक्षा



salman-khan-adalat
बलीउडका चर्चित अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार सलमानलाई ज्यान मार्ने धम्की सहितको फोन आए पछि मुम्बई प्रहरी अहिले यसको अनुसन्धानमा जुटेको छ ।

हालसम्म फोन कसले गरेको थियो भन्ने प्रहरीले पत्ता लगाएको छैन । हाल आफ्नो नयाँ चलचित्र ‘सुल्तान’ को छायाँकनमा व्यस्त सलमानलाई फेबु्रअरी १६ मा प्रहरी कन्ट्रोल रुपमा सलमानको ज्यान मार्ने धम्कीसहितको फोन आएको बताइएको छ । उक्त ज्यान मार्नेसहितको फोनपछि अहिले प्रहरीले सलमानको सुरक्षामा पुनरवलोकन र फोनकर्ताको खोजी एकैसाथ थालेको छ ।

गत बर्ष दुई सुपरहिट चलचित्र दिएपछि सर्वाधिक चर्चामा रहेका सलमानलाई पछिल्लो समय प्रहरीले पनि उच्च सर्तकताका साथ हिड्न सुझाब दिइरहको छ । हालसम्म अविवाहित सलमानलाई उनको क्रेजका कारण ज्यान मार्ने धम्की आएको हुन सक्ने विभिन्न सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu