‘क्लासिक’ भित्र लुकाइएकी पात्र प्रियंका, यस्तो छ भूमिका



priyanka-in-classic

ठुलोपर्दा डटकम, काठमाण्डौ।
माघ २९ गतेबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘क्लासिक’ यति बेला देशभरका हलहरुमा हाउसफुल दर्शक भित्राइरहेको छ । निर्माण हुनुभन्दा अगाडी देखी नै चर्चामा रहेको चलचित्र क्लासिकलाई दर्शकहरुले दिएको साथ देखेर निर्माणपक्ष यति बेला प्रफुल्ल देखिएको छ ।

चलचित्र क्लासिकमा दर्शकहरु आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको मुख्य भुमिका छ भने हलसम्म गए तर हलबाट फर्किएपछि दर्शकहरुलाई निकै अचम्म लाग्यो । किनभने चलचित्र भित्र नायिका प्रियंका कार्कीको पनि भूमिका थियो । चलचित्रको पहिलो भागमा आर्यन र प्रियंका कार्की नै बढि जसो देखिएका छन् । त्यसैले पनि दर्शकहरु एक पटक त राम्रैसँग झुकिएका थिए ।

priyanka-in-classic1

चलचित्रका निर्माता सुवास गिरीका अनुसार दर्शकहरुलाई सरप्राइज दिनका लागि नायिका प्रियंका कार्कीलाई प्रचार प्रसारमा नल्याएको बताए । उनका अनुसार चलचित्रमा अभिनय गरेकी प्रियंकाको भूमिकालाई पनि दर्शकहरुले निकै मनपराएका छन् । सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरेको चलचित्र ‘क्लासिक’मा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् ।

चलचित्रमा आर्यन र नम्रता आँखा नदेख्ने भुमिकामा छन् । चलचित्रमा हिमाल केसीको द्वन्द, रेनाशा राईको नृत्य निर्देशन, सुरेन्द्र पौडेल र प्रितम पाण्डेको सम्पादन, विजय बस्याल र श्रीकृष्ण श्रेष्ठको ग्राफिक्स, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहेको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu