आँखाबाट आँशु खसाल्दै ‘क्लासिक’ हेरे पत्रकारले, ‘चलेछ बतास सुस्तरी’ र ‘प्रेम गीत’ पनि रिलिज



classic-show

ठुलोपर्दा डटकम, काठमाण्डौ।
आजबाट तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । भ्यालेन्टाइन डेलाई लक्षित गरेर प्रदर्शनमा आएका तीन चलचित्र ‘क्लासिक’, ‘चलेछ बतास सुस्तरी’ र ‘प्रेमगीत’ तीनवटै ठुला बजेटका चलचित्र हुन् ।

चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेपछि चर्चामा आएको सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरेको चलचित्र ‘क्लासिक’ अझ दर्शकहरुले बहुप्रतिक्षित चलचित्रको रुपमा हेरेका छन् । यो चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् ।

चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, डाक्टर कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको गीत, कोशिश क्षेत्री, यूवराज चौलागाई, मेलिना राइको स्वर समावेश छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रको शुक्रबार विहान क्यूएफएक्स कुमारी हलमा विशेष प्रदर्शनीको पनि आयोजना गरिएको थियो ।

चलचित्र हेर्न चलचित्रकर्मी पत्रकारहरुको उपस्थिती रहेको थियो भने चलचित्र हेरिसकेपछि सबैले चलचित्रको खुलेरै तारिफ गरेका थिए । चलचित्र हेरिरहँदा धेरैको आँखामा आशु समेत देखिएको थियो । चलचित्र हेरिसकेपछि सबैले नायिका नम्रता श्रेष्ठको भने खुलेरै तारिफ गरेका थिए ।

त्यस्तै यो चलचित्रसँग प्रदर्शनमा आएको अर्को चलचित्र ‘चलेछ बतास सुस्तरी’ प्रदीप भारद्वाजको लेखन र निर्माण गरेका हुन् । चलचित्रमा सुष्मा कार्की र प्रमोद भारद्वाज प्रमुख भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu