अनमोलको परिपक्व कुरा सुन्दा मेरो छाती ढक्क फुल्छ: भुवन केसी



Bhuwan-anmol

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भुवन केसी यो नाम वृद्ध, बालबालिका देखी यूवापुस्ताका दर्शकहरुलाई राम्रैसँग थाहा छ । एकसमय भुवनका प्रत्येक चलचित्र सफलताको खुट्किलोमा हुन्थे । त्यसैले पनि दर्शकले उनलाई एक सफल सदावहार नायक भनेर चिन्छन् ।

उनी पर्दामा जसरी सफल भए त्यहि अनुसार अहिले उनका छोरा अनमोल केसीले पनि प्रत्येक चलचित्रमार्फत ह्याट्रिक गरिरहेका छन् । अनमोलले अभिनय गरेको पहिलो चलचित्र होस्टेल र दोस्रो चलचित्र जेरी सफल भएपछि हाल उनको दुई चलचित्र प्रदर्शनको तयारीमा रहेको छ । पहिलो त फागुन २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘ड्रिम्स’ हो भने दोस्रो चलचित्र ‘गाजलु’ हो, जुन अर्को बर्ष प्रदर्शनमा आउने तयारीमा छ ।

चलचित्र ड्रिम्सलाई अनमोलका बुबा अर्थात नायक भुवन केसीले निर्माण र निर्देशन गरेका हुन्, जसका कारणले पनि चलचित्र ड्रिम्स हेर्न दर्शकहरु आतुर छन् । तर भुवन केसी भने -‘अनमोल सानो छदाँ फ्युचरमा धेरै चलचित्र खेल्लाजस्तो नलागेको सुनाउँछन् ।

नयाँ पत्रिकासँगको विशेष कुराकानीमा भुवनले भने ‘जेरी’ आएपछि उसलाई बारम्बार चलचित्रका अफर आएको मलाई थाहा छ । कतिले यो उमेरमै उसलाई १० लाखभन्दा धेरै पनि अफर गरे । तर, उसले कम्तीमा पनि एक दर्जन अफरलाई अस्वीकार गर्‍यो । रिजेक्ट गर्‍यो । ऊ भन्छ, ‘ड्याड, म धेरै चलचित्र खेल्दिनँ । ती चलचित्र खेल्छु, जसमा मेरो अभिनय जस्टिफाई हुन सक्छ ।’ उसको यस्तो परिपक्व कुरा सुन्दा मेरो छाती ढक्क फुल्छ ।’

भुवनले निर्देशन र निर्माण गरेको चलचित्र ड्रिम्समा अनमोलसँगै साम्राज्ञीराज्य लक्ष्मी शाह, सन्ध्या केसीको मुख्य भुमिका रहेको छ । चलचित्रमा दर्शना केसी, अमित श्रेष्ठ, न्यान्सी थापा पनि मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu