पल र आँचलको ‘चिया कफी’ कुरा (भिडियो)



chiya-coffee
ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘नाईँ नभन्नू ल ४’ को नयाँ गीत रिलिज भएको छ । ‘चिया कफी’ बोलको गीतमा मोडल तथा नव नायक पल शाह र नव नायिका आँचल शर्मा फिचरिङ छन् ।

बसन्त सापकोटाको संगीत तथा शब्द रहेको गीतमा सुगम पोखरेल र ईन्दिरा जोशीको स्वर रहेको छ । नयाँ बर्षमा प्रदर्शनमा ल्याइने तयारीमा रहेको यो चलचित्रमा अनुभव रेग्मी, प्रियंका कार्की, पल शाह, बर्षा राउत, आँचल शर्माको मुख्य भुमिका रहेको छ । चितवन र काठमाडौंमा खिचिएको चलचित्रलाई हरिबोल भण्डारी र दिनेश पोखरेलले निर्माण गरेका हुन् ।

चलचित्र ‘नाईं नभन्नू ल’ शृंखलाको चौथो भागका पुरुषोत्तम प्रधानको छायांकन र बसन्त सापकोटाको संगीत रहेको छ भने राजेश पायल राई, प्रेम परियार, प्रल्हाद तिमल्सिना, इन्दिरा जोशीले चलचित्रको गीतहरुमा आवाज दिएका छन् । यो चलचित्रलाई निर्देशक एवं निर्माता विकास आचार्यले निर्देशन गरेका हुन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu