‘कैफियत’मा म आधुनिक युवती: नन्दिता के.सि.



nanditakc
माघ २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कैफियत’बाट आफु आशावादी रहेको नायिका नन्दिता केसीले बताएकी छिन् ।

नयाँ पत्रिकासँगको कुराकानीमा उनले भनिन्, ‘दशरथ गिरीको निर्देशनमा सिएम बरालले निर्माण गरेको कैफियतको प्रोमो र गीत रिलिज भएदेखि नै बधाई आउन थालेको छ । प्रोमो र गीत सबैले मन पराइरहेका छन् । चलचित्र पनि मन पराउनेमा विश्वस्त छु ।’ उनले अगाडी थपिन्, ‘चलचित्रमा म आधुनिक युवतीको भूमिकामा छु । एकदमै फरक चरित्र त छैन, तर दर्शकलाई नयाँ भने पक्कै लाग्नेछ । नयाँ भए पनि निर्माताले चलचित्र राम्रो बनाउन कुनै कुरामा पनि ‘कम्प्रोमाइज’ गर्नुभएको छैन ।’

ओम दक्षिणकाली फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र ‘कैफियत’ मा चिन्तामणी बराल र धन देवकोटाले संयुक्त लगानी गरेका छन् । चलचित्रमा शंकर शाहि ठकुरी, मिथिला शर्मा, नविन श्रेष्ठ, नन्दिता केसी, किशन सुनार, सजना थापा ‘रोज’ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा माधव शर्माको कथा, पटकथा र सम्वाद रहने यस चलचित्रमा संगीत अर्जुन पोखरेलको रहेको छ । चलचित्रलाई रामेश्वर कार्कीको छायांकन र अष्टमान महर्जनको द्वन्द्व निर्देशन रहेको छ । चलचित्र ‘कैफियत’ पोखरा र काठमाण्डौंका रमणिय ठाँउहरुमा छायांकन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu