‘सुल्तान’ बाट सलमानको पारिश्रमिक सय करोड



Salman-Khan-adalat-tens

सय करोडका राजा बलीउडस्टार सलमान खानले यस बर्ष प्रदर्शनमा आउन लागेको चलचित्र ‘सुल्तान’ बाट १०० करोड पारिश्रमिक लिने भएका छन् । लगातार आफ्नो चलचित्रले सफलता हात पारेपछि उनले पारिश्रमिक बढाएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सलमान एउटै चलचित्रबाट १०० करोड लिने एक्ला अभिनेता बन्न सक्नेछन्। सलमान खान अहिले यशराज फिल्मसको ब्यानरमा बनीरहेको चलचित्र ‘सुल्तान’ मा काम गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले चलचित्रको नाफाबाट बराबर हिस्सा लिने सम्झौता गरेका छन् ।

चलचित्र बनाउन लागेको रकम उठेपछि बाँकी रकम निर्माता यशराज स्टूडियो र सलमान खानले बाँडनेछन् । सुल्तानको लागत ७५ करोड र प्रिंट र प्रचारमा गरि २५ करोड खर्च हुनेछ । कुल गरि १०० करोडको लगानीमा सुल्तान बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu