‘लक्ष्य’को फस्ट लुक्स र ट्रेलर सार्वजनिक



sabin-lakshya

ठुलोपर्दा डटकम, काठमाण्डौ।
महंगो बजेट र लामो समय लगाएर छायांकन गरिएको चलचित्र ‘लक्ष्य’को शनिबार राजधानीमा एक कार्यक्रमकाबिच फस्ट लुक्स र ट्रेलर प्रदर्शनीगरिएको छ । आगामी ५ चैतबाट सो चलचित्र देशव्यापी प्रदर्शनी गरिने यसका निर्देशक मिलन आले मगरले बताए ।

सविनको यो चलचित्रमा जर्बजस्त एक्सन गरेका छन् भन्ने देखिन्छ । मिलनआले मगरेको निर्देशनमा तयार भएको यो चलचित्रमा किरण गुरुङको लगानी छ । चलचित्रमा नायिका अनु शाह र सारिका केसीलाई पनि देख्न सकिन्छ । निर्देशक मिलनले चलचित्र उत्कृष्ट र दमदार बनेको बताए । उनले दर्शकको मनोरञ्जनका लागि चलचित्र बनाएकाले आफू ढुक्क रहेको बताए ।

अभिनेता सबिन श्रेष्ठले लक्ष्य पूर्ण एक्सन चलचित्र भएकाले दर्शकले भरपूर मनोरञ्जन पाउने दाबी गरे भने अभिनेत्री सारिका केसीले निकै मिहिनेतका साथ काम गरेकाले धेरै आशा राखेको बताइन् । अभिनेता सुनिल थापाले अर्जुनजंग शाही र आफू चलचित्र चिनोपछि बल्ल लक्ष्यबाटसँगै दर्शकमाझ आउन लागेको खुलासा गरे । यस्तै, चलचित्र दैवसंयोग खेलेपछि फिल्म खेल्न नभ्याएको र १७ वर्षपछि बल्ल आफू पुनः चलचित्र अभिनयमा फर्किएको कलाकार अर्जुनजंग शाहीले कार्यक्रममा जानकारी गराए ।

चलचित्रमा अर्जुन पोखरेल र टंक बुढाथोकीको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रको छायांकन लामो समयसम्म भएकाले पनि निर्माताको करोड बजेट खर्च भैसकेको बताइन्छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu