फ्राईडे रिलिज: काठमाडौंमा ‘धौली’



Dhauli-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
गएको शुक्रबार राजधानी बाहिर प्रदर्शनमा आएको चलचित्र ‘धौली’ यो शुक्रबार काठमाडौं भित्र प्रदर्शनमा आएको छ । राजधानी बाहिर राम्रो व्यापार र उत्कृष्ट प्रतिक्रिया बटुलेको धौले काठमाडौंमा पनि उत्कृष्ट व्यापार गर्ने निर्माण पक्षले बताएको छ ।

चलचित्र ‘धौली’लाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । पोखराको ‘स्पाइनी ब्याब्लर क्रिएसन’ले निर्माण गरेको घौली सामाजिक कथानक चलचित्र हो । चलचित्रमा लोपोन्मुख कटुवाल प्रथा, झाँक्री प्रथा, झारा बोलाउनेजस्ता गाउँघरका क्रियाकलाप समेटिएको छ । कलाकार गीता अधिकारीले चलचित्रमा धौलीको मुख्य भूमिका निर्वाह गरेकी छिन् ।

अधिकारीबाहेक विष्णु गौतम, प्रकाश घिमिरे, विद्या कार्की, शम्भु थापा, अनु शाह, गजित विष्ट र बाल कलाकार गोपाल भट्टराईलगायतले अभिनय गरेका छन् । चलचित्रको निर्मातामा सन्तोष आत्रेय र नरवहादुर गोदार, छायंकन दिव्यराज सुवेदी, द्धन्द रोशन श्रेष्ठ, संगीत वसन्त सापकोटा र केवल घर्ती, नृत्य निर्देशक कविराज गहतराजको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu