‘क्लासिक’को ट्रेलर सार्वजनिक, आर्यन र नम्रताको जोडीको पुन: चर्चा (भिडियो)



classic-trailer
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेपछि चर्चामा आएको सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरेको चलचित्र ‘क्लासिक’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक सँगै आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडीको चर्चा पुन: चुलिएको छ ।

राजधानीमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दे चलचित्र यूनिटले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर सार्वजनिक गर्दै चलचित्रका निर्देशक दिनेश राउतले चलचित्र क्लासिक दर्शकहरुको चाहना अनुरुप नै निर्माण गरेको बताए । उनले आँखा र दिमागले मात्र नहेरी मनदेखी चलचित्र हेर्न आग्रह समेत गरे ।

कार्यक्रममा निर्माता सुवास गिरीले नोभेम्वर रेनमा चाहेर पनि नसकेका कुराहरु पुरा गर्न ‘क्लासिक’ बनाएको बताए । चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् ।

चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, डाक्टर कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको गीत, कोशिश क्षेत्री, यूवराज चौलागाई, मेलिना राइको स्वर समावेश छ । चलचित्रमा हिमाल केसीको द्वन्द, रेनाशा राईको नृत्य निर्देशन, सुरेन्द्र पौडेल र प्रितम पाण्डेको सम्पादन, विजय बश्याल र श्रीकृष्ण श्रेष्ठको ग्राफिक्स, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहेको छ । यो चलचित्र भ्यालेन्टाइन डेको छेकोमा माघ २९ बाट प्रदर्शन हुँदैछ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu