रातो घरमा डोकोमा सुंगुर बोक्ने तक्मे बुढा, ट्रेलर सार्वजनिक (भिडियो)



rato-ghar-trailer
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपालमा प्रदर्शन मिति तय नभैसकेको चलचित्र ‘रातो घर’को को ट्रेलर सार्वजनिक गरिएको छ । डिसेम्बर २७ तारिखदेखि अमेरिकाका विभिन्न शहरमा प्रदर्शन हुन लागेको चलचित्र ‘रातो घर’ अमेरिकाको सेनफ्रान्सीस्को, लस एन्जल्स, सियाटल्स, वासिङ्टन डीसी, पोर्टल्याण्ड, मेरील्याण्ड, जर्जिया, एक्रोन, न्यूयोर्क लगायतका स्टेटहरुमा पनि प्रदर्शन हुँदैछ ।

माङ हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा तयार भएको यो चलचित्रका प्रस्तुतकर्ता निकेश लिम्बु हुन् । सुरज सुब्बा ‘नाल्बो’ र विल्सन विक्रम राइ निर्माता रहेको चलचित्रमा मेन्छा रुम्दालीको कथा छ । चलचित्रमा पटकथा र निर्देशनको जिम्मा सुरज सुब्बा ‘नाल्बो’ले सम्हालेका छन् ।

विपीन मल्लको सम्पादन, महेश खड्का र डम्बर नेपालीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रमा विल्सन विक्रम राई, संयम पुरी, गौरभ पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठ, जितेन लामा, अनुराग कुँवर, उपशसना नेम्वाङ, श्याम राई मुख्य भूमिकामा छन् ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu