चलचित्र ‘चकलेट’ आजबाट देशभर



poojana-in-chocolate
ठुलोपर्दा डटकम, काठमाण्डौ।
आजबाट देशव्यापी प्रदर्शनमा चलचित्र’चकलेट’ आएको छ । देशभर गरि करिब ६० भन्दा हलहरुबाट एकसाथ प्रदर्शनमा आएको चलचित्र चकलेटले सडक बालबालिकाको कथालाई उठान गरेको छ ।

हाँस्य कलाकार निर्मल शर्मा निर्देशित चलचित्र चकलेटमा पुजना प्रधान, आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, केशव भट्टराई, सुमन गैरे लगायत आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय देख्न सकिन्छ ।

चलचित्र ‘चकलेट’ पूजना प्रधानको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्रको कथा नायिका प्रधानले नै तयार पारेकी हुन् । चलचित्र चकलेटमा अर्जुन पोख्रेल, शिखर सन्तोस र रायन कार्कीको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu