‘टिस्टा पारीको साइनो’ पौष १० बाट



tista-pariko-saino
ठुलोपर्दा डटकम, काठमाण्डौ।
पौष १० गतेबाट चलचित्र ‘टिस्टा पारीको साइनो’ प्रदर्शनमा आउने भएको छ । शनिबार राजधानीपत्रकार सम्मेलन गर्दै चलचित्रको बारेमा जानकारी दिइएको थियो । त्यस्तै पत्रकार सम्मेलनमा सिक्किम सरकारका मन्त्री गर्जमान गुरुङले चलचित्रको ट्रेलर तथा गीतहरु सार्वजनिक गरेका थिए ।

खिल बहादुर गुरुङको कथा तथा निर्देशन रहेको चलचित्रले गुरुङ समुदायको भाषा तथा संस्कृति र युवा प्रेमको महसुश गराउँछ । निर्देशक गुरुङले चलचित्रले गुरुङ समुदायमा प्रचलित घाँटु नाचलाई जोड्ने सम्बन्धलाई प्रस्तुत गरेको जानकारी दिए ।

वाइ के.मेघी गुरुङ र रोजर गुरुङको संयुक्त निर्माण रहेको चलचित्र ‘टिस्टा पारीको साइनो’ मा निर्देशकसहित अमिर गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu