निर्देशक डिसी अमेरिकामा दुर्घटनामा परी घाइते, श्रीमतीको हातको एक औंला भाँचियो



DC-Accident
चलचित्र निर्देशक तथा कलाकार दिनेश डिसी अमेरिकामा सडक दुर्घटनामा परी घाइते भएका छन् । उनीसँगै सवार रहेकी पत्नीको देब्रे हातको औला भाँचिएको छ ।

उनीहरु चढेको गाडीलाई विपरित दिशाबाट आइरहेको गाडीले लेन परिवर्तन गर्ने क्रममा ठोकिन्न पुगेपछि असन्तुलित भएको गाडी बिजुलीको पोलमा ठोक्की दुर्घटना परेको हो । स्थानिय समय अनुसार शनिबार बिहान साँढे चार बजे टेक्सासको अस्टिनमा दुर्घटना भएको हो ।

निर्देशक समाज अध्यक्ष समेत रहेका डिसी पत्नी रानूको अनुहारमा १२ टाँका लगाउनुका साथै हातको एक औंला भाँचिएको छ भने डिसीको छातीमा चोट लागेको छ । हाल दुवै जना खतरामुक्त रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu