ऋषिलाई निर्देशक लिएर प्रदिपले नयाँ चलचित्र बनाउँदै



pradeep-uday
ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्माता प्रदिप कुमार उदयले निर्देशक ऋषि लामिछानेलाई लिएर अर्को नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । निर्माता उदयका अनुसार उक्त चलचित्र निर्देशक ऋषि लामिछाने निर्देशन गर्नेछन् ।

Click Here to Watch Entertaining Videos
प्रेम कथामा आधारित रहेर निर्माण हुने चलचित्रको नाम भने अहिले खुलाइएको छैन । निर्माता उदयका अनुसार चलचित्रमा २ नायिका र १ नायक रहने छन् । चलचित्रका लागि लागि कलाकार पक्का गरिएको छैन । तर, चलचित्रमा नेपालका चर्चित अनुहारलाई नै लिने तयारी गरिएको उदयको भनाई छ ।

हाल छबि ओझाले निर्माण गरेको चलचित्र ‘किस्मत २’को छायांकनमा व्यस्त निर्देशक लामिछानेले यो चलचित्रको छायांकन सकाएपछि निर्माता उदयको चलचित्रको छायांकन सुरु गर्नेछन् । निर्माता उदयका अनुसार माघ महिनाबाट चलचित्रको छायांकन सुरु हुनेछ । हाल निर्माता उदयले निर्माण गरेको चलचित्र ‘अधकट्टी’ प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu